फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसको निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसको निधन


१५ श्रावण २०७९, आइतबार


मनिला । फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ ।

कोभिड–१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो ।

राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज–एन्जेल्सले पूर्व राष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छन् ।

‘राष्ट्रपति फिडेल वी. रामोसको निधनबारे थाहा पाउँदा धेरै दुःख लागेको छ, उहाँले सैनिक अधिकारी एवम् प्रमुख कार्यकारीको रूपमा हाम्रो देशमा भएका ठुला परिवर्तनहरूमा आफ्नो सहभागिताका लागि इतिहासमा सुरक्षित स्थान छोड्नु भएको छ,’ पूर्व राष्ट्रपतिका परिवार, मित्र, सहपाठी र सहयोगीहरूमा गहिरो समवेदना व्यक्त गर्दै सञ्चार संयोजकले भनेकी छन् ।

पूर्व राष्ट्रपति रामोसको परिवारले पनि आफ्ना अभिभावकको मृत्युबारे औपचारिक वक्तव्य जारी गरेको छ ।

‘हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हामी सबैलाई धन्यवाद दिन्छौँ, किनकि परिवारसँगै शोकमा रहन केही समय लाग्छ,’ वक्तव्यमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस