कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ गाउँपालिका-३ का४७ वर्षीय इन्दल महतो कोइरी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको गुसिङ्गालबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस