काठमाडौँ । २३ वटा छत कछुवासहित प्रहरीले गएको बिहीबार दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-६, बौद्धस्थित सिद्धार्थ ओरालोनजिकबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा काठमाडौँको टोखा नगरपालिका–३, टोखा घर भएका २१ वर्षीय रमेश डङ्गोल र टोखामा बस्दै आएका सुनसरीको बह्राक्षेत्र नगरपालिका-९, प्रकाशपुरका २१ वर्षीय अनुराग मगर रहेका छन् ।
उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचनापछि प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । प्रहरीले जाँच गर्ने क्रममा जीवितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।