२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी साधन कारबाही : रु तीन करोड ७९ लाख राजस्व सङ्कलन

अ+ अ-

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको हो ।

सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व सङ्कलन भएको छ ।

नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

उनका अनुसार २० हजार ५०० मोटरसाइकललाई कारबाही गर्दा एक करोड ४७ लाख ३९ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

त्यस्तै ११ हजार २२१ ट्रक टिपरलाई कारबाही गर्दा रु ७७ लाख ८३ हजार, सात हजार ५०० तीन बसलाई कारबाही गर्दा रु ४८ लाख ४३ हजार ५१२ हजार ३५७ जीप कारलाई कारबाही गर्दा रु ७९ लाख ४४ हजार ५०० र दुई हजार ९६६ ट्याक्टरलाई कारबाही गर्दा रु २० लाख ३२ हजार राजस्व सङ्कलन भएको छ ।

अन्य ६५६ सवारीसाधनलाई कारबाही गर्दा रु चार लाख २३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

‘मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लङ्घन हुने गरेको छ,’ उनले भने, ‘सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।’ सवारी साधनका धनीलाई कारबाहीसँगै सवारीधनीलाई नियमबारेमा पनि जानकारी गराउने गरेको नेपालले बताए ।

प्रहरीले मादक पदार्थ सेवन गर्ने विरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ । उक्त आर्थिक वर्षमा ३८३ सवारीसाधनका धनी मादक पदार्थ सेवन गरेबापत कारबाहीमा परेका छन् । उनीहरुबाट तीन लाख ८३ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस