गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री खाँण र प्रचण्डबीच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

दाहाल निवास खुमलटारमा आज (शुक्रबार) बिहान गृहमन्त्री र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र आगामी चुनावबारे छलफल भएको थियो ।

संघीय र प्रदेश सभा सदस्य निर्वाचन मिति घोषणालगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ ।

प्रचण्डले मंसिर ४ मा चुनाव हुने बताइरहेका छन् ।

गृहमन्त्री खाँणले बिहीबार बेलुकी माओवादी नेता कृष्णबहादुर महरासँग पनि कुराकानी गरेका थिए। महरा निवास पुगेर खाँणले कुराकानी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस