आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । आज देशभर आंशिक देखि सामान्य बदली रहने भएको छ ।

अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस