भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भट्टराईको नेतृत्वमा नेपाल समाजवादी पार्टी


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ। जनता समाजवादी पार्टी छाडेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ ।

निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा. बाबुराम भट्टराईको नेतृत्वमा रहनेछ ।

त्यसका लागि केन्द्रीय समितिको पुनर्गठन लगायतका काम भने बाँकी नै छ ।

‘नेपाल समाजवादी पार्टी रहने गरी नाम अद्यावधिक गर्ने काम आज सम्पन्न भएको छ । अब छिट्टै नै केन्द्रीय समिति पुनर्गठन गरी बाबुरामजीको नेतृत्वमा ल्याउने काम हुनेछ’, ती नेताले भने ।

हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस