त्रिभुवन विमानस्थलबाट साढे एक केजी सुनसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

त्रिभुवन विमानस्थलबाट साढे एक केजी सुनसहित एक भारतीय नागरिक पक्राउ


१२ श्रावण २०७९, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एक जना पक्राउ परेका छन् ।

हिजो (बुधबार) दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६१० ग्राम सुनसहित पक्राउ गरेको हो ।

उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनले सुन भित्री वस्त्रमा सेतो रङको प्लास्टिकभित्र लुकाएर राखेका थिए ।

अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस