राष्ट्रियसभामा चार प्रतिवेदन पेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभामा चार प्रतिवेदन पेस


१२ श्रावण २०७९, बिहिबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेस भएका छन् ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७’ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८’ पेस गरिएको हो ।

राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक २०७६, सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन २०७८ समासमपक्ष पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस