एसइई नतिजा : कुन प्रदेशको अवस्था कस्तो ? (विवरणसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसइई नतिजा : कुन प्रदेशको अवस्था कस्तो ? (विवरणसहित)


११ श्रावण २०७९, बुधबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई परीक्षामा बागमती प्रदेशबाट सबैभन्दा धेरै उत्तीर्ण हुने विद्यार्थी रहेका छन् ।

त्यस्तै, लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रुपमा राम्रो रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार मधेस प्रदेशका एक हजार ५३१ जना (१५ प्रतिशत)ले विद्यार्थीले सबैभन्दा उच्च ३.६ देखि ४ जिपिए ल्याएका छन् भने दोस्रोमा प्रदेश १ का १ हजार १८७ (१२ प्रतिशत) विद्यार्थीले जिपिए ल्याएर उत्तीर्ण भएका छन् ।

दोस्रो उत्कृष्ट मानिएको ३.२ देखि ३.६ जिपिए पनि मधेस प्रदेशमा नै ७ हजार ३७४ (१७ प्रतिशत) जना विद्यार्थीले ल्याउँदा प्रदेश १ मा भने १६.७० प्रतिशतले उक्त जिपिए प्राप्त गरेका छन् ।

बाँकी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर ५ वटै प्रदेशका भने एक प्रतिशत विद्यार्थीले पनि सबैभन्दा उच्च मानिएको ३.६ देखि ४.० जिपिए ल्याउन सकेनन् । यद्यपि सङ्ख्यात्मक रुपमा हिसाब गर्दा भने सबैभन्दा धेरै बागमती प्रदेशमा ४ हजार ६०२ जना विद्यार्थीले उक्त जिपिए ल्याए ।

प्रदेशगत रुपमा बागमतीमा २१ प्रतिशत उत्तीर्ण भएका छन् भने प्रदेश १ र लुम्बिनीमा १७/१७ प्रतिशत उत्तीर्ण भएका छन् । उता गण्डकीमा सबैभन्दा कम ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुँदा सुदूरपश्चिममा ११ प्रतिशत पास भएका छन् ।

यस्तो छ विवरण :

Tags :
प्रतिक्रिया दिनुहोस