पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार हजार ४५४ वटा नमुना परीक्षण गर्दा ५६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६० पुगेको छ ।

आज २०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या तीन हजार ९२९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस