संसदीय समितिद्वारा सरकारलाई प्रश्न : एसपीपीमा सहभागी हुन्नौँ भनेर पत्र किन नपठाएको ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय समितिद्वारा सरकारलाई प्रश्न : एसपीपीमा सहभागी हुन्नौँ भनेर पत्र किन नपठाएको ?


११ श्रावण २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।

सोही विषयमा छलफल गर्न आज (बुधबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको हो ।

बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्ताबेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस