काँग्रेस नेत्री सोनिया गान्धीको बयान जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस नेत्री सोनिया गान्धीको बयान जारी


११ श्रावण २०७९, बुधबार


नयाँदिल्ली । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काँग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलीलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले आज पनि सोधपुछ गरेको छ ।

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् ।

इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।

यसैबीच, काँग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काँग्रेस नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

काँग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेसनमा रेल रोक्न प्रयास गरेका छन् ।

इडीले शक्तिको दुरुपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काँग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस