यातायात कार्यालयद्वारा २२ करोड राजस्व सङ्कलन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यातायात कार्यालयद्वारा २२ करोड राजस्व सङ्कलन


१० श्रावण २०७९, मंगलबार


जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो ।

आर्थिक वर्ष २०७८/७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

आव २०७८/७९ मा सवारी करबाट रु ४२ करोड २२ लाख, सवारी चालक अनुमति पत्र तथा नवीकरणबाट रु १२ लाख तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख राजस्व सङ्कलन भएको छ ।

यो अघिल्लो आवभन्दा रु २२ करोड ३० लाख बढी हो । गत आवमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८/७८ मा १६ हजार एक सय ८७ मोटरसाइकल, पाँच सय ११ ट्र्याक्टर, चार सय ७१ टेम्पु, २८२ ई–रिक्सा तथा २३८ जिप/कारलगायत दर्ता भएको साहले बताए ।

सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमति पत्र वितरण गरिएको छ भने २२ हजार ७५० जनाको नवीकरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस