श्रीलङ्कामा मास्क अनिवार्य गर्न सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीलङ्कामा मास्क अनिवार्य गर्न सिफारिस


१० श्रावण २०७९, मंगलबार


कोलम्बो । श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।

कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् ।

भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ ।

स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिए ।

विषेशगरी देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिँदै गएको पनि उनले मङ्गलबार जानकारी दिए ।

महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलङ्काले गत जुनदेखि मास्क अनिवार्य गरिएको नियम हटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस