नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढ्यो : महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढ्यो : महामन्त्री थापा


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताएका छन् ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्न सक्ने अवस्था रहेको बताएका हुन् ।

उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको छ त्यसबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।

थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरे ।

उनले नेपालमा सम्पत्ति शुद्धीकरण सम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुनको पनि प्रभावकारी रुपमा कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भ्रष्टाचार र अपराधिकरणको कारणले गर्दा हाम्रो हाम्रो समष्टिगत मूल्याङ्कन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरुले बताइरहेका पनि बताए।

थापाले नेपाल सम्पत्ति शुद्धिकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैङ्किङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस