अर्थमन्त्री प्रकरण : खोलियो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री प्रकरण : खोलियो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट 


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको सिंहदरबारमा सुरु भएको छ ।

भर्खरै सुरु भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

समितिका एक सदस्यले दिएको जानकारी अनुसार प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिर्पोट खोलेर अध्ययन थालिएको छ । भर्खरै हेरेर छलफल भइरहेको भन्दै उनले रिपोर्टबारे थप खुलाउन चाहेनन् ।

सिलबन्दी रिर्पोटमा लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्ने खुलिसकेको छैन ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो ।

समितिको म्याद सुरुको १० दिनबाट गत बिहीबार पुनः ७ दिन थपिएको छ । यद्यपि समितिले ठोस प्रमाण भने भेटिसकेको छैन । केही दिनअघि सिंहदरबार छिर्ने गेटको समेत सीसीटीभी फुटेज मागिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस