गृहको सर्वेक्षण : एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट, माओवादी जता मिल्यो उतै भारी बहुमत  « प्रशासन
Logo १३ आश्विन २०७९, बिहिबार
   

गृहको सर्वेक्षण : एमाले-माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट, माओवादी जता मिल्यो उतै भारी बहुमत 


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन  परिणामबारे लेखाजोखा गर्न थालिएको हो  ।

गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । 

एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ । 

मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ । सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । 

एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्याङ्कले देखाएको छ । 

एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्याङ्कले देखाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस