तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तीन अर्ब लगानीमा सेञ्चुरियन मल खोल्दै गर्दै पूर्व उद्योग राज्यमन्त्री दुगढ 


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडले तीन अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् । सोमवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटेल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए ।

उद्योगीसमेत रहेका दुगडले प्रदेश एकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटेलसहित एउटै छाना मुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताए । 

दुगडका अनुसार सेञ्चुरियल मल करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको छ । पाँच तारे होटेल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटेल रेडिसनले गर्ने जानकारी उद्योगी दुगडले दिए ।  

होटेलमा १४० कोठा, क्यासिनो, स्विमिङ पुल, जिम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेस्टुराँ तथा ब्याङ्क्वेट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस