अवैध चिनी बरामद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवैध चिनी बरामद


९ श्रावण २०७९, सोमबार


चिनी

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।

रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस