सरकारले कहिलेदेखि श्रवण शक्ति गुमायो : रावल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सरकारले कहिलेदेखि श्रवण शक्ति गुमायो : रावल


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्थाबारे जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको बताए ।

उनले भने, ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनको लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकारले कहिलेदेखि श्रवण शक्ति गुमायो भन्ने प्रश्न उठ्छ कि उठ्दैन ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समिति र सभामुखको निर्देशन नसुनेको भन्दै उनले कानको उपचार राम्ररी गर्नुपर्ने अवस्था आएको बताए ।

रावल भन्छन्, ‘नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’

प्रतिक्रिया दिनुहोस