२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागार व्यवस्थापन विधेयक पारित गर्न गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि सदन स्थगित

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको कारागार व्यवस्थापन विधेयक पारित गर्नका लागि गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाबाट कारागार व्यवस्थापन सम्बन्धी ऐन पारित गर्नका लागि निर्णयार्थ पेस हुन लागेका बेला नेपाल मजदुर किसान पार्टीका सदस्य प्रेम सुवालले बहुमत भए-नभएको यकिन गर्न माग गरेका थिए । त्यसै मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेटेको घण्टी बजाएका थिए ।

घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए लगत्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्ने तयारी गरेका बेला सांसद सुवालले गणपूरक संख्या पुगे नपुगेको यकिन गर्न माग गरेका थिए ।

नेपालको संविधान धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव सदनमा निर्णयार्थ प्रस्तुत गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य हुनुपर्ने व्यवस्था छ ।

उक्त प्रस्ताव पेस गर्न उक्त गणपूरक संख्या नपुग भएको भन्दै सुवालले प्रश्न उठाएपछि सभामुख सापकोटाले संख्या पुगे नपुगेको यकिन गर्नका लागि संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

त्यसै निर्देशनका आधारमा ३ मिनेट घण्टी बजाइएको थियो । घण्टी बजाएर पनि गणपूरक संख्या यकिन गर्दा गणपूरक संख्या ६९ पुग्नुपर्नेमा ६७ जना मात्रै पुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख सापकोटाले जानकारी गराएका थिए ।