नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ दिल्लीमा पनि मङ्कीपक्सका बिरामी


८ श्रावण २०७९, आइतबार


नयाँ दिल्ली । यहाँ मङ्कीपक्सका एक जना बिरामी फेला परेका छन् । राजधानी सहरमा यो रोगका बिरामी पहिलोपटक भेटिएका हुन् ।

योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ ।

यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो ।

आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् ।

अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो ।

उक्त सङ्गठनका अनुसार यो रोग सङ्क्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ ।

हालसम्म विश्वका ७५ देशमा मङ्कीपक्सका १६ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस