मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मंकीपक्स संक्रमण : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा


८ श्रावण २०७९, आइतबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो ।

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको उनले बताए ।

हाल अरू दुई स्वास्थ्य आपत्काल छन् । एक, कोरोनाभाइरस महामारी र अर्को, पोलियो लगायत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस