२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित धनगढीबाट २ युवक पक्राउ

अ+ अ-

काठमाडौँ । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवराज जोशीले जानकारी दिए ।

उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

उक्त रकमबारे दुवै जना युवकले सशस्त्र प्रहरीलाई यथार्थ कुरा बताइरहेका छैनन् । बरामद गरिएको रकमसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस