एम अधिकारीबारे धेरै खोजी नगर्न काँग्रेसलाई ओलीको आग्रह « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एम अधिकारीबारे धेरै खोजी नगर्न काँग्रेसलाई ओलीको आग्रह


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली काँग्रेसका समर्थक पनि रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् ।

एमालेले आफ्नो अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि काँग्रेसले खोजिरहेको ओलीले बताए ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ काँग्रेस, सबैतिर काँग्रेस छन् नि, न्यायालयमा काँग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान् न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’

राज्यका अरू निकायमा पनि काँग्रेसका कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरूले राजीनामा दिएको नसुनिएको बताए ।

उनले भने, ‘अरू कुन कुन ठाउँमा के के छन् ? त्यो त (राजीनामा दिएको) सुनिएन त ? रिटायर्ड भएका मान्छेलाई फकाई फकाइ ल्याएर विभिन्न ठाउँमा, भइरहेका मान्छेलाई अनावश्यक रूपमा हटाएर ।’

Tags :
प्रतिक्रिया दिनुहोस