नेपाल प्रेस युनियनको महाधिवेशन सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रेस युनियनको महाधिवेशन सुरु


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आज (शुक्रबार)बाट मकवानपुरको हेटौँडामा सुरु भएको छ ।

महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

करिब ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस