इन्डोनेसियाबाट ल्याइएको ८ ट्रक सुपारी बरामद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इन्डोनेसियाबाट ल्याइएको ८ ट्रक सुपारी बरामद


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ ।

उक्त सुपारी गए राति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो ।

सुपारीको स्याम्पल प्रयोगशालामा पठाउन लागिएको प्रहरीले जनाएको छ । पहिलादेखि नै सक्रिय तस्कर समूहले भारत लैजान लागेको प्रहरी स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस