पछिल्लो २४ घण्टामा विश्वमा ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा विश्वमा ८ लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिए


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख १८ हजार ४६४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अस्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस