बाजुरामा एक महिलाले बाटोमै जन्माइन् शिशु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाजुरामा एक महिलाले बाटोमै जन्माइन् शिशु


६ श्रावण २०७९, शुक्रबार


कैलाली । बाजुरामा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक महिलाले स्वास्थ्यकर्मी नहुँदा बाटोमा नै शिशुलाई जन्म दिएकी हुन् ।

वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका विकले बाटोमा बच्चा जन्माएकी हुन् ।

सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा भन्दा बढीको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याइएको थियो ।

घरमा ल्याउँदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बल बहादुर विकले बताए ।

वडा अध्यक्ष अजय बहादुर विकका अनुसार माझगाउँ इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको बताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए ।

गाउँपालिकाले कर्मचारीको म्याद थप नगरेपछि इकाई स्वास्थ्य केन्द्रमा कर्मचारी विहीन भएको अजयले बताएका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत अनमि अहेब कसैको पनि करार म्याद थप गाउँपालिकाले गरेको छैन ।

आवश्यकता आधारमा मात्र करार थप गर्ने वा विज्ञापन मार्फत भर्ना गर्ने बताएको भएपनि गाउँपालिकाले अहिले सम्म कुनै निर्णय लिएको छैन ।

अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । बाजुरामा ३ वर्ष यता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् ।

स्वामिकार्तिक खापर गाउँपालिका काँग्रेसले जितेको छ । २०७४ मा नेकपा एमालेले जितेको पालिका थियो । अघिल्लो स्थानीय सरकारले करार भर्ना गरेका कर्मचारीको म्याद अहिले गाउँपालिकाले थपेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस