२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ५८ करोड बढी राजस्व सङ्कलन, एक अर्ब फ्रिज

अ+ अ-

डोटी । डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा रु ५८ करोड करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा रु ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व सङ्कलन भएको छ ।

यसैगरी जिल्लामा रु एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ ।

तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ ।

जिल्लाका स्थानीय तहमा सङ्घीय सरकारमार्फत आएको कूल रु तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० मध्ये रु २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ फ्रिज भएको हो ।

बोगटान फुड्सिल गाउँपालिकामा रु ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा रु चार करोड एक लाख ७४ हजार ३५२ फ्रिज भएको छ ।

यस्तै सायल गाउँपालिकामा कूल विनियोजित र ३० करोड ९४ लाख नौ हजारमध्ये रु ४४ लाख तीन हजार १७४ फ्रिज भएको छ ।

उता जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दिपायल सिलगढी नगरपालिका मा रु ४२ करोड ३५ लाख १४ हजार बजेट विनियोजित भएकोमा रु चार करोड ९३ लाख १७ हजार ७५७ बजेट फ्रिज भएको छ ।

केआइसिंह गाउँपालिकामा रु दुई करोड ९३ लाख ६२ हजार ५९६ रकम फ्रिज भएको छ । शिखर नगरपालिकामा रु चार करोड पाँच लाख ८० हजार ९३ रकम फ्रिज भएको छ । जोरायल गाउँपालिकामा रु एक करोड ६५ लाख ३७ हजार २१८ बजेट फ्रिज भएको छ ।

बडिकेदार गाउँपालिकामा रु एक करोड पाँच लाख बजेट फ्रिज भएको छ । आदर्श गाउँपालिकामा रु ८३ लाख बजेट फ्रिज भएको छ । पूर्वीचौकी गाउँपालिकामा रु ६२ लाख १३ हजार १६६ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ ।

समग्र जिल्लामा पुँजीगततर्फ रु एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा रु एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ ।

चालुतर्फ रु छ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये रु छ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस