नेपालमा राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त


४ श्रावण २०७९, बुधबार


काठमाडौँ। नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको हेड कोच नियुक्त भएका छन् ।

क्रिकेट क्यानडाको अफिसियल फेसबुक अकाउन्टमा सो जानकारी दिइएको हो ।

दाशानायकेले आज पत्रकार सम्मेलन गर्दै नेपालको क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

उनले स्कटल्यान्डको टुरभन्दा अगाडि नै राजीनामा बुझाएको नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

दाशानायके श्रीलंकन मूलका क्यानेडियन हुन् । उनले यसअघि पनि क्यानडाको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार : नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

Tags :
प्रतिक्रिया दिनुहोस