सम्झौता अनुमोदन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सम्झौता अनुमोदन


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्यूट’ को सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतालाई अनुमोदन गरेको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रस्तुत गरेको सो प्रस्तावमाथि छलफलपछि सर्वसहमतिले पारित भएको हो ।

त्यसअघि मन्त्री यादवले सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा सम्झौता कार्यान्वयनपछि वन तथा वातावरणको क्षेत्रमा थप अन्तर्राष्ट्रिय लगानी भित्रिने विश्वास व्यक्त गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ५ गते बिहीबार १ बजे बस्ने गरी स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस