दक्षिण कोरियामा कोरोना सङ्क्रमण बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दक्षिण कोरियामा कोरोना सङ्क्रमण बढ्यो


४ श्रावण २०७९, बुधबार


सोल ।दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चार सय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौ सय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँच सय ८२ सङ्क्रमित फेला परेका थिए ।

गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । सङ्क्रमणबाट मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सात सय ७७ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस