नेकपा सचिवालयमा पाँच नेताबीच छलफल , काँग्रेससँग गठबन्धन कायम राख्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालयमा पाँच नेताबीच छलफल , काँग्रेससँग गठबन्धन कायम राख्ने


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकताबारे छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली काँग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको थियो ।

‘यो गठबन्धन कायमै राखेर जानुपर्छ । कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच भने पार्टी एकताका लागि पनि संवाद भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘गठबन्धन कायम राख्ने, वामपन्थीहरु मिल्ने कुराकानी भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस