संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

संसदीय विशेष समितिले जनार्दन शर्मासँग छलफल गर्ने


३ श्रावण २०७९, मंगलबार


काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ ।

समितिको आज (मंगलबार) बसेको बैठकले शर्मालाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

समितिले भोलि (बुधबार) पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले जनकारी दिए ।

लगतै यसबारे समाचार लेखेका दुई सञ्चारमाध्यम अन्नपूर्ण पोस्ट र कान्तिपुरका सम्पादकलाई बोलाइएको छ ।

त्यसपछि तत्कालीन अर्थमन्त्री शर्मासँग छलफल गर्ने निर्णय भएको छ । समितिका एक सदस्य भन्छन्, ‘भ्याइयो भने भोलि नै छलफल गर्छौँ, नभए पर्सि ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गरेको थियो ।

सत्तारुढ दलहरुबाटै समेत प्रश्न उठेपछि संसदले २२ असारमा विशेष समिति बनाएको थियो भने शर्माले त्यही दिन अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

समितिले अर्थ मन्त्रालयका अधिकारीहरुसँग छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस