५२ सय वटा सरकारी कार्यालयमा दुई वित्तीय सूचना प्रणाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

५२ सय वटा सरकारी कार्यालयमा दुई वित्तीय सूचना प्रणाली


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ । सङ्घ र प्रदेशका ५२ सय वटा सरकारी कार्यालयमा एक साथ दुई वटा वित्तीय सूचना प्रणाली प्रयोगमा ल्याइएको छ ।

महालेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रयोग गर्ने वित्तीय व्यवस्थापन सूचना प्रणालीको हिजो (सोमबार) शुभारम्भ गरिएको छ ।

सोमबार नै नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रालय, केन्द्रीय निकाय, विभाग र निर्देशनालयहरुले प्रयोग गर्ने मन्त्रालयगत वित्तीय सूचना प्रणाली समेत प्रयोगमा ल्याइएको छ ।

यी प्रणालीले तीन वटै तहको सरकार (सङ्घ, प्रदेश र स्थानीय) का प्रतिवेदन विश्वसनीय र समयमै तयारी पार्न सहयोग गर्ने महालेखा नियन्त्रक सुमनराज अर्यालले बताएका छन् ।

उनका अनुसार यो प्रणालीबाट मन्त्रालय तथा केन्द्रीय निकायको केन्द्रीय स्तरको लेखा समेत सुदृढ हुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल ५२ सय वटा कार्यालय लाभान्वित हुने यस प्रणालीबाट तीन वटै तहका सरकारको वित्तीय विवरण समयमै प्राप्त हुने भएको छ ।

प्रणालीले दिने सूचनाका आधारमा उच्च व्यवस्थापनलाई तथ्यमा आधारित भएर निर्णय लिन समेत सहयोग पुग्ने भएको छ ।

तीन वटै तहको सरकारको एकीकृत वित्तीय विवरणहरु सरल, सहज, विश्वसनीय र कम लागतमा बन्ने समेत महालेखाले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस