बाराको पचरौता नगरले बन्द गर्‍यो स्वास्थ्य सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाराको पचरौता नगरले बन्द गर्‍यो स्वास्थ्य सेवा


३ श्रावण २०७९, मंगलबार


बारा । बाराको पचरौता नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नभएको र निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि सम्पर्क विहीन भएको भन्दै स्वास्थ्य सेवा नै बन्द गरेको जनाएको छ ।

कर्मचारीहरुको म्याद थप तथा नयाँ कर्मचारी भर्ना गर्न नसकेका कारण नगर अस्पतालका सेवा, बर्थिङ्ग सेन्टरका सेवा र पिपरपाती पचरौता स्वास्थ्य चौकीको ल्याब सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

मेयर जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव सम्पर्क विहीन रहेका कारण नगरपालिकाको आव २०७९/०८० को नगर सभा समेत हुन नसकेकोले सेवा बन्द गर्नु परेको सूचना नै निकालेका छन् ।

हाकिम नभएका कारण पचरौता नगरपालिकामा कुनै प्रकारको निवेदनमा पनि तोक लाग्न नसकेको सेवाग्राही सियारामप्रसाद यादवले गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस