सभामुखले भने : संवैधानिक परिषद् विधेयकबारे अर्को सभामा दर्ता भएकाले धेरै टिप्पणी नगरौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुखले भने : संवैधानिक परिषद् विधेयकबारे अर्को सभामा दर्ता भएकाले धेरै टिप्पणी नगरौँ


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता गराएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९’ विधेयकको आलोचना भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटले अहिले चर्चा गर्न आवश्यक नभएको बताएका छन् ।

संसद् सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोमबार सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकबारे आफूलाई चर्चा गर्न मनासिव नलागेको बताए ।

उनले अर्को सभामा दर्ता विधेयकलाई लिएर चर्चा गरिहाल्न नहुने बताए । ‘संवैधानिक परिषदसम्बन्धि विधेयकबारे तपाईँले कुरा राख्नुभयो तर अर्को सभामा दर्ता भएको विधेयकबारे चर्चा गर्नु मनासिव लागेको छैन । धेरै टिप्पणी नगरौँ,’ उनले भने ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा पूर्ववर्ती केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएका व्यवस्था राखिएको भन्दै सरकारको आलोचनासँगै सभामुख सापकोटाले के गर्छन् भन्ने प्रश्न उठेका छन् ।

त्यति बेला सभामुख सापकोटा ओलीले अध्यादेश र त्यसअनुसार नियुक्त विभिन्न संवैधानिक परिषद्‍मा नियुक्त पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसैले पनि संसदमा विधेयक आएपछि सभामुख के गर्छन् भन्ने प्रश्न उठेको थियो ।

त्यस्तै, सभामुख सापकोटाले नागरिकता, निजामती विधेयक पारित गर्न संसद्ले जोड दिइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस