नेप्सेमा सामान्य वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्सेमा सामान्य वृद्धि


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । आर्थिक वर्ष २०७/र८० को पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ ।

कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो ।

आइतबार नेप्से १.९३ अङ्क (०.१० प्रतिशत) ले बढेर २०११.३९ अङ्कमा बन्द भएको छ ।

बजारलाई लिड गर्ने बैङ्किङ सहित व्यापार, उत्पादनमूलक, जीवन बीमा र लगानी उपसूचकमा वृद्धि भएको छ ।

लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.८६ प्रतिशत र बैङ्किङ उपसूचक ०.६३ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा समान्य वृद्धि हुँदा कारोबार रकम १ अर्बमा झरेको छ । शुक्रबार २ घण्टा मात्रै कारोबार भएको बजारमा १ अर्ब ४५ करोडको सेयर किनबेच हुँदा आइतबार कारोबार रकम त्यति पनि पुग्ने सकेन ।

३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको ६ करोड ५ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाखको कारोबार भएको छ ।

राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउन अन्तिम तयारी गरिरहँदा लगानीकर्ता पर्ख रहेको अवस्था छन् । जसले गर्दा खरिद र बिक्री दुवैतिर प्रेस नहुँदा सूचकमा पनि ठुलो उतारचढाव देखिएको छैन ।

आइतबार धेरै मूल्य बढ्नेमा राधी जलविद्युत् कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ५.४८ प्रतिशतले वृद्धि हुँदा प्रभु बैङ्कको सेयर मूल्य ४.७३ प्रतिशतले बढेको छ ।

यता प्रभु सेलेक्ट फन्डको इकाइ मूल्य सर्वाधिक ९.७८ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ७.५० प्रतिशतले गिरावट भएको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८४ कम्पनीको सेयर मूल्य बढेको छ ।

यस्तै ८७ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ८ सूचीकृत कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस