२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपरथी थापा युएन मिसनको फोर्स कमान्डर नियुक्त

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घ (युएन) ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रवार फोर्स कमान्डर नियुक्त गरेको छ ।  युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् ।

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।

सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो । 

विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ । नेपाल सन् १९५५ मा युएनको सदस्य भएको थियो । त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मिलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएको थियो । हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।

नेपालले सैनिकका साथै सिरिया, लिबिया, इराक, कङ्गो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कङ्गो, मालीलगायत द्वन्द्वग्रस्त मुलुकमा इन्जिनियर, मेडिकल टिम र स्पेसल फोर्ससमेत मिसनमा पठाइरहेको छ । 

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा चार वर्षअघि नेपालले एक वर्षमा करिब १० हजार शान्ति सैनिक पठाउने प्रस्ताव गरेको थियो । नेपाली सेनामा हाल करिब ९६ हजारको दरबन्दी छ ।

प्रतिक्रिया दिनुहोस