सात राजदूतले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात राजदूतले लिए शपथ


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आज (शुक्रबार) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन् । 

उक्त अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।

शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले ( बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), वासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशील कुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस