डोटी पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डोटी पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित


३१ असार २०७९, शुक्रबार


डोटी । डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णपुरमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डिल्ली रमण जोशीले जानकारी दिए ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध खोप प्रदान गरिन्छ ।

यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकामा हालै टाइफाइडविरुद्धको खोप थप गरिएको थियो ।

जिल्लाका बालबालिकाले यी सबै खोप पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पनि घोषणा गरिएको जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस