अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने


३१ असार २०७९, शुक्रबार


लन्डन । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ ।

अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठुला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।

कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पुर्‍याउनेछ ।

यो नयाँ योजना बेलायतभरिका लागि लागू हुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ती केन्द्रहरू खोल्ने तय गरेको छ ।

यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ ।

बेलायतमा तीन वर्षमा यो योजनासहित४० हजार नयाँ रोजगारीको सृजना गर्ने अमेजनले बताएको छ ।

अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भने, ‘स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं ।’

यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस