२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारी : चौथो लहरको सङ्केत, अस्पताल तथा स्वास्थ्य संस्था तयारी अवस्थामा

अ+ अ-

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । असार १ गते गरिएको परीक्षणमा ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । असार २९ गते पुग्दासम्म यो दर बढेर ६.४८ पुगेको छ ।

बुधबार र बिहीबार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा बढेको सङ्क्रमणको अवस्थालाई कोरोनाको चौथो लहरको रूपमा हेरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिलेको संक्रमण स्थितिले चौथो लहरको सङ्केत गरेको बताए ।

बिहीबार थप २६० जनामा संक्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितको संख्या १ हजार १७१ पुगेको छ । सिमानाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिकांश यात्रुमा कोरोना पुष्टि भएको छ । अहिले देखिएको सङ्क्रमणमा करिब ३५ प्रतिशत सङ्क्रमित सीमामा भेटिएका छन् ।

निर्देशक डा. दासका अनुसार दुई सातादेखि संक्रमण बढेको छ । जसमा बुधबार र बिहीबारको तथ्याङ्क अनुसार दुई सय बढीमा संक्रमण देखिएको छ । उनले अस्पताल भर्ना हुने क्रम पनि बढेको जानकारी दिए । केही बिरामी आइसियुमा उपचाररत छन् ।
अस्पताल र प्रयोगशाला तयारी अवस्थामा

नेपालमा अहिले देखिएको संक्रमण ओमिक्रोन बिए फाइभको भएको पाइएको छ । यो भेरिअन्ट अन्य भेरियन्टभन्दा छिटो फैलिने हुँदा जोखिम पनि बढी रहेको चिकित्सकहरूले बताएका छन् । यसको खतरा कति रहन्छ भन्ने अहिले अध्ययनकै क्रममा रहेकोले यसै भन्न नसकिने निर्देशक डा. दासले बताए ।

अहिले देखिएको सङ्क्रमणमा ३५ प्रतिशत केस नाकामै देखिएको छ । सीमामा सङ्क्रमित धेरै भेटिन थालेपछि नाकामा कडाइ गरिएको छ । २० वर्षदेखि ४५ वर्षसम्मको उमेर समूहमा संक्रमण बढी देखिएको छ । जसमा काठमाडौंमा सङ्क्रमित बढी छन् । सङ्क्रमणको जोखिम बालबालिका, गर्भवती र दीर्घरोगीहरु छन् ।

कोरोना महामारीका बेला स्वास्थ्य क्षेत्रमा धेरै संयन्त्रहरू विकास भएका र संक्रमण बढ्दै जाँदा ती संयन्त्रलाई फेरि सक्रिय बनाइएको उनले बताए । उनका अनुसार अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । ‘बिरामी भर्ना गर्ने देखि लिएर अक्सिजन र औषधि दुरुस्त अवस्थामा राख्न भनिएको छ । परीक्षणका लागि प्रयोगशालाहरूलाई पनि तयारी अवस्थामा राख्न भनिएको छ,’ उनले भने, ‘बिरामीहरूको स्क्रिनिङ गरिरहेका छौँ ।’

पछिल्लो समय जनस्वास्थ्यका मापदण्डहरू पालनामा लापरबाही भएको छ । ‘कडाइका साथ स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छौँ । अतिरिक्त खोप लगाउनका लागि आग्रह गरेका छौँ,’ निर्देशक दासले भने, ‘परीक्षण गर्न आग्रह गरेका छौँ । शङ्का लाग्नेमा तत्काल परीक्षण गर्नु पर्छ । आफू जोगिन र अरूलाई जोगाउन परीक्षण महत्त्वपूर्ण छ ।’

प्रतिक्रिया दिनुहोस