भन्नलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ तर कसरी आउँछ थाहा छैन : घनश्याम भुसाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भन्नलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ तर कसरी आउँछ थाहा छैन : घनश्याम भुसाल


३० असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । 

बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए ।

उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र सम्भव भएन भने राजनीतिबाट गर्नुपर्ने र त्यसका लागि राजनीति राम्रो हुनुपर्नेमा जोड दिए । 

उनले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औँ वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । 

पढेका जानेका बुझेका ३० लाख हाराहारी मानिसहरू सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै उनीहरूको चेतना वैज्ञानिक नभएको उनको टिप्पणी छ । 

नेता भुसालले यस्तो अवस्थामा मूलक कता जान्छ भन्दै प्रश्न गरे । देशमा यस्तो अस्वस्थ रहँदा माथिल्लो राजनीतिक नेतृत्वले गाडी र साडी व्यापारी पुँजीपतिसँग लगन गाँठो कसेर राष्ट्र दोहन गरेर बस्ने र ज्ञान, विज्ञान र चेतना मर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस