लस एन्जलसमा कोरोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लस एन्जलसमा कोरोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी


३० असार २०७९, बिहिबार


लस एन्जलस । कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ ।

अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् ।

महानगरका अधिकांश बासिन्दा अनुहार मास्क लगाउन बानी परेका छन् । केही वर्षदेखि लगातार मुखौटोले आफ्नो अनुहार छोप्दै आएका निक बारगन घरबाहिर काममा निस्कँदा मास्क लगाउन भुल्दैनन् । अब आफूलाई मास्क लगाउने बानी परेको उनी बताउँछन् ।

देशव्यापीरूपमा कोभिड–१९ नयाँ प्रजाति बिए फाइभको सङ्क्रमण बढेको छ । नयाँ ओमिक्रोनका प्रजातिले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ ।

रोगको रोकथामका लागि सरकारीस्तरमा सचेतना प्रयास जारी छ । केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न विलम्ब भएको बताएका छन् । स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्स्टिच्युटका डा. इरिक टोपलले बिए फाइभको सङ्क्रमण घातक भएको चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस