देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह 


३० असार २०७९, बिहिबार


काठमाडौँ । आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस