काठमाडौँ। भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी भएको छ ।
अहिले उक्त गोदाम भएको आगलागी नियन्त्रणमा आइसकेकाे छ ।
आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौँ र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रकसमेत खटिएका थिए ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे हाे ।
त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि आगलागी स्थलमा पुगेका थिए । आगलागीका हुनुकाे कारण र के कति क्षति भएको छ भनी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









