२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन गरेरै चुनावमा जाँदा राम्रो हुने काँग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यको सुझाव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिन सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले स्थानीय तह निर्वाचनमा समग्रमा गठबन्धनले राम्रो गरेकोले अब संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका हुन् ।

‘अधिकांश सदस्यहरुले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा यो परिणाम आएको छ । यद्यपि विभिन्न ठाउँमा प्लस र माइनस छ । तर समग्रमा गठबन्धनले राम्रो गरेको छ,’ केन्द्रीय सदस्यहरुको धारणा उद्धृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘आउने निर्वाचनमा पनि निरन्तरता दिनुपर्छ । र, अहिलेका कमीकमजोरी र कहाँ–कहाँ समस्याहरु रहे भन्नेबाट सिकेर त्यसको आधारमा गठबन्धनका लागि मध्यनजर राख्नुपर्छ । स्थानीय तह निर्वाचनमा कुन दलको कति मत आयो त्यसलाई महत्वपूर्ण आधार मान्नुपर्ने कुराहरु साथीहरुले राख्नुभएको छ ।’

गठबन्धन गरेरै जानुपर्ने निष्कर्ष रहेको भन्दै प्रवक्ता महतले कसरी गर्ने भन्ने विषयमा छलफल पछि हुने बताए । ‘निर्वाचनमा अरुले गठबन्धन गर्दा के परिणाम आएको थियो सबैलाई थाहा छ,’ उनले भने, ‘विविध अनुभवका आधारमा गठबन्धनलाई निरन्तरता दिएर निर्वाचनमा जाँदा राम्रो हुन्छ भन्ने साथीहरुको निष्कर्ष छ । कसरी गर्ने, कसरी जाने भन्ने कुरामा पछि छलफल हुन्छ ।’

बैठकमा पार्टीको समग्र संरचनाहरुलाई पूर्णता दिएर चलायमान बनाउने विषय पनि उठेको उनले बताए । पार्टीको निश्चित फोरमबाहिर नगर्न नेताहरुलाई सचेत गराइएको छ । ‘जति पनि पार्टीभित्र आफ्नो चासो, चिन्ता र गुनासोहरु हुन्छन । असन्तुष्टि हुन्छन् । त्यसलाई पार्टीको फोरम, केन्द्रीय समितिमै राख्नुपर्छ । त्यहाँ कुरा राख्न निषेध छैन । यहीं नै छलफल , बहस गरौं । यहीं मन्थन गरेपछि निर्वाचनमा जानुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस